विश्वकप फुटबलमा सेमिफाइनल समीकरण पूरा

दार्चुला- कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति क्वाटरफाइनलका दुई खेल सकिएसँगै विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको हो । रुाति भएको पहिलो खेलमा पोर्चुगललाई १–० गोलले हराउँदै मोरक्को सेमिफाइनलमा पुगेको हो भने दोस्रो खेलमा इङ्ग्ल्यान्डलाई फ्रान्सले २–१ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । साविक उपविजेता क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल पर्सि मङ्गलवार राति पौने १ मा हुनेछ ।
दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल बुधवार राति १२ ः ४५ मा हुनेछ ।
सेमिफाइनलमा विजेता दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । विश्वकप फुटबलको फाइनल खेल आगामी डिसेम्बर १८ मा राति पौने ९ बजे सुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.