२४ घण्टामा ८ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमित १६ जना

दार्चुला – पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार चार सय ३२ जनाको नमुना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ जना पुगेको छ ।

Leave A Reply

Your email address will not be published.