दार्चुला- कैलाली र कञ्चनपुरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्नेमा महिलाको संख्या उच्च रहेको छ। पुरुषको बन्ध्याकरण गर्न सहज र जोखिम नहुने भए पनि तथ्याङ्कले भने पुरुषको संख्या महिलाको तुलनामा नगण्य देखाएको छ। स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघले सञ्चालन गर्ने स्थायी बन्ध्याकरण शिविरमा पुरुषको भन्दा महिलाहरूको सहभागीता बढी देखिएको छ। पुरुषले परिवार धान्न परिश्रम गर्नुपर्ने भन्दै बन्ध्याकरण गर्न महिला अग्रसर हुने गरेका छन्। शारीरिक र योन क्षमतामा कमि आउने गलत मन्यताका कारण पुरुष भ्यासेक्टोमी गर्न तयार नहुने गरेको परिवार नियोजन संघ कैलालीका प्रवन्ध चेतराज फुलाराले बताए। ुबन्ध्याकरण गरे कमजोरी आउँछ भन्ने गलत मान्यताले गर्दा पुरुषको संख्या बढ्न सकेको छैन, ुउनले भने, ुमहिलाले पनि पुरुषले भन्दा म नै बन्ध्याकरण गर्छु भन्ने हुँदा पनि महिलाको संख्या बढ्ने गरेको छ।ु