अवरुद्ध महाकाली लोकमार्ग सञ्चालन

दार्चुला । शुक्रबार राती खसेको पहिरोको कारण अवरुद्ध भएको महाकाली लोकमार्ग सञ्चालन भएको छ ।

शुक्रबार राती शैल्यशिखर नगरपालिका वडा नम्बर ६ दुदलिगाडमा सडक माथीबाट पहिरो खस्दा दार्चुला सदरमुकाम जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन शनिबार विहानैबाट सडक डिभिजन कार्यालय पाटनको लोडरले पहिरो हटाएपछि आज दिउँसोबाट सडक सञ्चालन भएको सडक डिभिजन कार्यालय पाटनका इन्जीनियर हरिश जोशीले जानकारी दिनुभयो ।

सडक सञ्चालन भए संगै बाटोमै अलपत्र परेका सवारी र यात्रुहरु गन्तव्य तर्फ प्रस्थान गरेको मालिकार्जुन प्रहरी चौकीका इन्र्चाज असइ दान बहादुर साउदले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.