दार्चुला – दार्चुलामा एक किशोरी मृत फेला परेकी छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका-४ बाजकी अन्दाजी १८ वर्षीया करिष्मा धामी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
आज बिहान धामी घरभन्दा टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा प्रहरी टोलि घटनास्थलतर्फ गएको छ ।