दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी भोजराज भट्टलाई दिइएको छ । नयाँ प्रमुख प्रशासकिय अधिकृत नआउदासम्म बढिमा २ महिनाको लागि अधिकृत छैटौ भट्टलाई जिम्मेवारी दिइएको हो ।
स्थानीय सरकार ऐन २०७४ को दफा ८४ उपदफा (४)अनुसार अर्को प्रमुख प्रशासकिय अधिकृत नआएसम्मका लागि भट्टलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यसअघि शाखा अधिकृत पुष्कर सिंह धामीलाई दोहोरो जिम्मेवारी भएको भन्दै शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाइएको थियो ।