सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले सुदूरपश्चिम प्रदेशसभा गर्‍यो बहिष्कार

काठमाडौं– सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

आइतबार दिउँसो बसेको बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बहिष्कार गरेको हो ।

कांग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग गर्दै नाराबाजी बाहिरिएका थिए । उभिएर विरोध जनाएपछि सभामुखले दिएको समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले सहकारी ठगीमा जोडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताए ।

उनले गृहमन्त्रीले सञ्चार माध्यममाथि प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिरालाई पक्राउ गरेको आरोप लगाए ।

कांग्रेस र नाउपाको रेशम पक्षले सभा बहिष्कार गरेपनि राप्रपाको उपस्थितिमा सभामुखले बैठक सञ्चालन गरेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.