बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन

दार्चुला – बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ।

बोहराको आज विहान निधन भएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले जानकारी दिनुभयो। दमका बिरामी उनको डडेल्धुरा अस्पतालमा निधन भएको उपाध्यक्ष बोहराले बताउनु भयो।

उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

Leave A Reply

Your email address will not be published.