मालिकार्जुनमा नयाँ प्रमुख प्रशासकीय अधिकृत सहानीको स्वागत

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । गाउँपालिकामा बुधबार आजदेखि हाजिर भएका प्रमुख प्रसासकिय अधिकृत विष्णु सहानीलाई स्वागत गरिएको हो ।

प्रमुख प्रसासकिय अधिकृत सहानीलाई मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिह धामी र उपाध्यक्ष कल्यान सिह धामी लगायत कर्मचारीहरुले स्वागत गरेका छन् । बुधबारआजबाट सहानीले मालिकार्जुन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्बेवारी समाल्नु भएको छ ।

साहनी गृहमन्त्रालयबाट सरुवा भएर दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रशासकीय अधिकृतको जिम्बेवारीमा आउनु भएको हो । साहनीको आगमन संगै यस गाउँपालिकामा रोकिएका प्रसासनिक कार्यले गति लिने पनि बताइएको छ ।

स्वागत ग्रहण गर्दै नवआगन्तुक प्रमुख प्रसाकिय अधिकृत साहनीले आफुले जनमुखी सेवा गर्ने र निष्पक्ष रुपमा जनताको काम गर्ने र जनप्रतिनिधीहरुसंग सहकार्य मार्फत हरेक काममा आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मालिकार्जुन सहित जिल्लाको व्याँस अपिहिमाल गाउँपालिमा समेत नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । जसमध्ये अपिहिमाल गाउँपालिकामा नयाँ प्रमुख अधिकृतले कार्यभार समालिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.