दार्चुला – विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० लाख भन्दा बढी रहेको छ । विश्वका सबैजसो ठाउँमा फैलिएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ५० लाख सात हजार जना नाघेको वल्डोमिटरले जनाएको छ ।
सबैभन्दा धेरै अमेरिकामा सात लाख ६५ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा ६ लाख सात हजार र भारतमा चार लाख ५७ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ । २२ महिना अघि चीनको वुहानमा पहिलोपटक पुष्टि भएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको छ । अहिलेसम्म विश्वमा २४ करोड ६९ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भने सङ्क्रमण पुष्टि भएकामध्ये २२ करोड ३६ लाख भन्दा धेरै निको भएका छन् ।