कर्णाली प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

दार्चुला  – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजीनामा दिनुभएको छ । उहाँले सोमवार आज प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लाग्नुभएको हो ।

गएको वैशाख २ गते नेपाली कांग्रेस र अहिले सरकार चलाइरहेको नेकपा माओवादी केन्द्रबीच प्रदेशमा सरकार पालैपालो चलाउने सहमति भएको थियो। माओवादीले बढीमा कात्तिक १५ गतेसम्म सरकार चलाउने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।
त्यही सहमतिअनुसार अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

Leave A Reply

Your email address will not be published.