न्यायालयको समस्या त्यहींबाट समाधान होस्ः कानूनमन्त्री बडू

दार्चुला – कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायपालिका भित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले न्यायालयको समस्या त्यहीँ भित्रैबाट समाधान हुनुपर्ने बताउनुभएको हो ।

न्यायपालिकामाथि जनताको आस्थामा कमी आउन हुँदैन भन्ने पक्षमा आफूहरु रहेको भन्दै मन्त्री बडूले जनताको न्याय पाउने अधिकारलाई न्यायालयले सम्मान गर्नुपर्ने बताउनुभयो । पछिल्लो केही दिनयता सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश लगायत कानुन क्षेत्रका विभिन्न व्यक्ति र संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन दबाब दिएका छन् ।

प्रधानन्यायाधीशले मन्त्रिपरिषद र संवैधानिक आयोगहरुमा भागवण्डा लिएको, न्यायपालिकामा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै उहाँको राजीनामा माग गरिएको छ । तर न्यायपालिकामा देखिएको समस्याबारे राजनीतिक दल र सरकारले मुख खोलेका छैनन् ।

Leave A Reply

Your email address will not be published.