मेरा गाउँका सुन्दर पाखा

मेरो गाउँका सुन्दर पाखा

मेरो गाउँका सुन्दर पाखा, हरियालीले सजिएका,
रुखका हाँगामा चरी बोल्छन्, सुरिलो स्वरमा गाएका ।

कयौं जडीबुटी लुकेका छन्, औषधिको खानी बनेर,
मानव जीवनको साथी झैँ, प्रकृतिले दिएको उपहार भई रहर ।

घोरल, मृग चरेर हिँड्छन्, शान्त प्रकृतिको मायामा,
स्वच्छ हावा खेल्छ वरिपरि, आनन्द भर्छ हृदयमा ।

हुस्सु लाग्दा टाढा देखिन्छ, स्वर्गै झरेको जस्तो,
नभमा झल्किने इन्द्रेणी, पाखामा पाएको सुन्दरस्तो ।

माटोको सुवास घरी–घरी, मन भित्रै छिराउँछ,
गाउँको प्रेम, गाउँको सुन्दरता, आत्मा नै जगाउँछ ।

मेरो गाउँका पाखा हुन्, आमा धरतीको गर्भभित्र,
जीवन दिने अद्भुत खजाना, सधैं बसोस् हृदय भित्र ।

कवि प्रकाश सिंह धामी दार्चुला बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.