दार्चुलामा निर्माणाधीन कभर्डहलको प्रतिनिधि सभा सदस्य बडूले गरे अनुगमन

दार्चुलामा निर्माणाधीन कभर्डहलको प्रतिनिधि सभासदस्य पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले अनुगमन गरेका छन । आइतबार जिल्ला सदरमुकाम खलंगाको खुल्लामन्चमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहलको प्रतिनिधि सभासदस्य बडू नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा निर्माण कम्पनीलाई सांसद बडूले तोकिएको समयसिमाभित्र काम सक्न निर्देशन दिएका छन । अहिले पनि कभर्डहल निर्माण कार्य जारी रहेको छ ।दार्चुला जिल्ला सदरमुकाम खलङ्गामा निर्माण भइरहेको कभर्डहल ।

विसं २०७० सालमा महाकाली नदीमा आएको बाढीले खलङ्गामा रहेको एकमात्र कभर्डहल र खेलमैदान बगाएको १२ वर्षपछि नयाँ कभर्डहल निर्माण भइरहेको छ । कभर्डहल संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १ करोड र राष्ट्रिय खेलकुद परिषद्को एक करोड गरी जम्मा रु २करोड लागतमा निर्माण भइरहेको छ ।

निर्माणाधीन कभर्डहल अनुगमनमा सांसद बडू नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, भुमी आयोगका जिल्ला अध्यक्ष लगायत स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् दार्चुलाका सङ्घीय साङ्सद दिलेन्द्रप्रसाद बडूले सङ्सदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट कभर्ड हलका लागि एक करोड रुपियाँ विनियोजन गर्नुभएको थियो ।

कभर्ड हल निर्माण पश्चात जिल्लामा खेलकुदको उन्नती, प्रगति र विकास हुने अपेक्षा गरिएको छ । एक करोड चौरासी लाखमा हाललाई कभर्ड हलको जग निर्माण हुने बताइएको छ । कभर्ड हल निर्माण सम्पन्न गर्न अगामी आर्थिक वर्षमा थप बजेट प्राप्त हुने खेलकुद समिति दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.