मेरी आमा
आमा तिमी हिम्मत हौ मेरो ।
आमा तिमी हौसला हौ मेरो ।
आज तिमी गर्दा नै मैले
यो संसार हेर्न पाएँ ।
आमा तिमी ब्रह्माण्ड हौ मेरो ।
तिमीले मलाई फुल जसरी सजायौ।
ज्ञानको भण्डार दिएर चमकायौ।
म रोएँ तिमी पनि रोयौं।
म हाँसे तिमी पनि हाँस्यौं।
मलाई सही बाटोमा हिन्न सिकायौ।
मलाई हिम्मत र हौसला दिएर अघि बढ्न सिकायौ।
आमा तिमी खास हौ मेरो।
आमा तिमिआश हौ मेरो।
भगवान ले दिएको अमूल्य
उपहार हौ तिमी ।
मैंले कसैसँग नमागी पाको
वरदान हौ तिमी।
नाम: अस्मिता जोशी विद्यालय:श्री मालिकार्जुन माध्यमिक विद्यालय धाप दार्चुला