काठमाडौँ. सुदूरपश्चिमको अपी हिमाल क्षेत्रमा प्रोफेसनल माउन्टेन गाइड तालिम सम्पन्न भएको छ ।
गत साता सम्पन्न तालिममा १४ जना प्रशिक्षार्थी रहनुभएको तालिमका प्रमुख प्रशिक्षक सञ्जिव गुरुङले जानकारी दिए ।
सुदूरपश्चिमको दार्चुलास्थित अपी हिमाल क्षेत्रमा रहेको ६ हजार ३९६ मिटर अग्लो ल्या ह्युल हिमाल (भभया चुचुरो) मा प्रोफेसनल माउन्टेन गाइड तालिम सञ्चालनका क्रममा प्रशिक्षक सञ्जीव गुरुङ, ङवाङ तेन्जिङ शेर्पा सामान्य घाइते
भएका थिए । नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई प्रशिक्षित बनाउन समय समयमा तालिम प्रशिक्षण दिँदैआएको छ ।