एनसिईद्वारा शिक्षा कार्यालय कञ्चनपुरलाई विद्यालय शिक्षा क्षेत्र योजना पुस्तिका हस्तान्तरण

 

कञ्चनपुर

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल)ले शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरलाई शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरलाई ‘विद्यालय शिक्षा क्षेत्र योजना ०७९–०८८को सक्षेपीकरण पुस्तिका हस्तान्तरण गरेको छ ।

बुधबार गुरु पुर्णिमाको अवसरमा (एनसिई नेपाल) कञ्चनपुरले शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरलाई शिक्षा विकास तथा समन्वय इकाईलाई ‘विद्यालय शिक्षा क्षेत्र योजना ०७९–०८८को सक्षेपीकरण पुस्तिका हस्तान्तरण गरेको हो । एनसिई नेपाल कञ्चनपुरका अध्यक्ष मधु बोहराले विद्यालय शिक्षा क्षेत्र सुधारका लागि ल्याएको विस्तृत योजना पुस्तिर्का शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपकराज कलौनीलाई हस्तान्तरण गरेका छन ।

 

एनसिई नेपाल जिल्ला अध्यक्ष बोहराले शिक्षा सुधारका लागि ल्याएका योजनाको उक्त पुस्तिका जिल्लाका ९वटै पालिका शिक्षा शाखाहरुलाई हस्तान्तरण गरिदिन आग्रह गरेकी थिए । भने, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपकराज कलौनीले शिक्षा सुधारका लागि सरोकारवाला गम्भिर जिम्मेबार भएर आफ्नो कर्ममा अघि बढ्नुपर्नेमा जोड दिएका छन । विद्यालय शिक्षा क्षेत्र योजना ०७९–०८८को सक्षेपीकरण पुस्तिका हस्तान्तरणका कार्यक्रममा (एनसिई नेपाल)कञ्चनपुरका पदाधिकारी, शिक्षा कार्यालय कर्मचारी सहितका सरोकारवालाको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.