दार्चुला ।लोकप्रिय गायक मनोज सिंह धामीले नयाँ लोकदोहोरी शैलीको ‘हा झुम्की हा’ गीत सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा टिक–टक मैत्री लय, मिठो शब्दरचना र आकर्षक भाकाको कारण गीतले सार्वजनिक भएसँगै श्रोता–दर्शकको उल्लेख्य ध्यान खिचिरहेको छ।
गायक धामीकै शब्द लय र स्वर रहेको यश गीतमा सुदुरपस्चिमकै चर्चित लोक दोहरी गायिका रेखा जोशीको पनि स्वर सुन्न सकिनेछ। गीतमा प्रेम, भावना र परम्परागत झुम्की संस्कृतिको आकर्षक चित्रण गरिएको छ। मनोज सिंह धामीको सुमधुर आवाज, मन छुने शब्द र आधुनिक लयको समिश्रणले गीतलाई झनै प्रभावशाली बनाएको छ। भिडियोमा प्रस्तुत नृत्य, छायांकन र सम्पादनले गीतलाई झनै आकर्षक बनाएको दर्शकहरूले टिप्पणी गरिरहेका छन्।
सार्वजनिक भए लगत्तै गीतले युट्युब तथा सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया बटुलेको छ। गायक धामीका यसअघि दर्जनौ गित चर्चामा रहेका छन । उनको हाम्रै होलिपुले हाम्रैहो कालापानी गितले बजार तताएको थियो। गायक धामीले आगामी दिनमा अझै नयाँ र फरक शैलीका गीतहरू ल्याउने बताए।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस 👇️