दार्चुला – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बैतडी को दोगडाकेदार गाउँपालिका ८ नम्वरको प्रथम भेलाले महेन्द्र बिस्ट को अध्यक्षतामा २९ सदस्यिय वार्ड कमिटी गठन गरेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले बुधबार दोगडाकेदार को ८ मा कमिटी गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा रन्ते भन्डारी किस्ण बिस्ट , सचिवमा मन्जु बिस्ट उपसचिवमा माधब लुहार लगायत २९ सदस्यिय वार्ड कमिटी गठन भएको नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य धन बहादुर कार्की ले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य जयानन्द जोशीको प्रमुख आथित्यता तथा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य धन बहादुर कार्की को विशिष्ट आथित्यतामा सम्पन्न वार्डकमिटी भेलामा जिल्ला कमिटी सदस्य लक्ष्मी जोशी ,नरेन्द्र बिस्ट ,गणेश पार्की लगाएत नेकपा समाज बादी का नेताहरूको सहभागिता रहेको थियो ।