गैरसरकारी संस्था महासंघ नेपाल दार्चुलाको अध्यक्षमा कुवर चयन

दार्चुला । गैरसरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा सम्पन्न अधिवेशनबाट ताराकेशरी कुवर सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनु भएको छ । साथै उपाध्यक्षमा अशोक राज ओझा सचिवमा नरेन्द्र सिह कार्की ,सहसचिवमा खडक सिह ठगुन्ना र कोषाध्यक्षमा शुक्लावती बुढाथोकी चयन हुनु भएको छ ।

समितिको सदस्यहरूमा प्रकाश सिह सामन्त ,पुष्पराज जोशी, कलावती जोशी, गगन विष्ट, राजेन्द्र धामी , विष्ना धामी, भगवती बडाल, र विष्णु भट्ट गरी जम्मा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको सचिव सिह नरेन्द्र कार्कीले जानकारी दिए ।  नयाँ नेतृत्वले जिल्लाभित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने उनले बताए ।

अधिवेशनको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कस्यपको प्रमुख आर्थित्यता तथा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईको उपस्थितिमा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल दार्चुलाका अध्यक्ष विष्णु दत्त भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.