गत निर्वाचनमा एमालेको पराजयपछि दार्चुला जिल्ला विकास निर्माणमा २० वर्षपछि बर्बादीतिर धकेलियो : पुर्वमन्त्री ठगुन्ना
दार्चुला । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री गणेश सिह ठगुन्नाले २०७९ सालको निर्वाचनमा एमाले पराजय भएपछि जिल्लाको विकास निर्माणका कामहरु २० वर्षपछि धकेलिएको बताएका छन् ।
मंगलबार जिल्ला सदरमुकाम खलंगामा मनोनय दर्ता गर्न पूर्वक आफ्ना नेताकार्यकर्ताहरु संगको अन्तरक्रिया कार्यक्रममा नेता ठगुन्नाले यस्तो बताएका हुन । २०७९ सालको निर्वाचन केवल एमालेका लागि मात्रै हार नभएर सिंगो दार्चुला जिल्लाका लागि अभिषाप भएको समेत बताएका छन् ।
एमालेको हारपछि जिल्लाका सारा विकास निर्माणका कामहरु रोकिएको बताए । उनले भने‘सायौ खानेपानीका योजनाहरु गाउँ–गाउँमा संञ्चालनमा थिए,एउटा योजनामा तीन–चारका हिस्ट्रिमहरु चलिरहेका थिए, आज जसले जे भनेपनि चाहे अपिहिमाल होस,चाहे लेकम होस,चाहे व्यासँ होस,मालिकार्जुन होस महाकाली होस,जहाजति कार्यक्रम संञ्चालनमा छन् ति सबै एमालेको कार्यक्रम मार्फत संञ्चालनमा रहेको बताए । यस्तै उनले गाउँगाउँमा सडकका कामहरु सुरू गर्ने पार्टी एमाले भएको पनि बताए ।
शिक्षाको क्षेत्रमा राष्ट्रपति सुधार कार्यक्रम मार्फत प्रत्येक वर्ष विद्यालय भवनहरु निर्माण भइरहेका थिए । दार्चुला जिल्लाको महत्वपूर्ण काम सडकहरु कालोपत्रे भइरहेका बताए । जिल्लाको दुहुँ भेगमा सुन्सेरासम्म कालोपत्रको काम भइरहेको छ । यस्तै लेकम भेगको उकु लालीसम्मको कालोपत्रे काम एमाले सरकारले गरेको बताए ।
मार्माको विटुलेदेखि अगाडीको काम अहिले संञ्चालनमा रहेको छ । नौगाडको खार क्षेत्रमा कालोपत्रेको काम सुरू भइरहेको छ । हामीले कच्ची सडक मात्रै होइन नेकपा एमालेको अघिल्लो कार्यकालमा पिच सडकको युगमा पनि अगाढी बढाएको थियौ ।
नेता ठगुन्नाले गोकुलेश्वर इयरपोटमा झण्डै ८ करोडको मैदान निर्माण गरेर त्यसलाई कालोपत्रे गर्ने पक्रियामा रहेको बताए । यी सबै विकास निर्माणका अभियानहरुलाई २०७९सालको नेकपा एमालेको पराजयले दार्चुला जिल्ला २० वर्षपछाडि धकेलिएको बताए ।
यदि गत निर्वाचनमा एमाले पराजित नभएको भए यी अभियानहरु धेरै अगाडी पुग्ने पनि उनले बताए । यसकारणले यो पार्टी हार्नु भनेको एउटा व्यतिसंग मात्र सिमित रहदैन् यसको रिजल्टले सिंगो जिल्लाबासी जनताहरुलाई छुने भएकाले आगामी निर्वाचनको महत्वलाई गम्भीरतापूर्वक लिएर एमालेका नेताकार्यकर्ताहरुले एमालेका उम्मेदवारहरुलाई सानदानर ढंगले निर्वार्चित गराउन आग्रह गरेका छन् ।