ट्रान्सफर्मेटिभ सोसाईटीको वक्तृत्वकला 

कञ्चनपुर । 

ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल कञ्चनपुरले महेन्द्रनगरमा ‘धुम्रपानयुक्त समाज निर्माणमा हाम्रो भूमिका’ विषयमा वक्तृत्वकला आयोजना गरेको छ । शनिबार महेन्द्रनगरमा ‘धुम्रपानयुक्त समाज निर्माणमा हाम्रो भूमिका’ विषयमा वक्तृत्वकला आयोजना गरेको हो ।

ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपालका संस्थापक अध्यक्ष चाँदनी ऐरले धुम्रपानयुक्त समाज निर्माणका लागि कार्यक्रम गरिएको बताईन ।

उनका अनुसार प्रतियोगितामा मेधावी माविकी छात्रा प्रकृति धामी प्रथम, महेन्द्रनगर मावि साधारणकी छात्रा निलम भट्ट द्वितिय, रेडियन्ट माविकी स्मृति भट्ट तृतिय, शान्ति निकेतनका छात्रा विभस न्यौपाने चौथो, सत्यवादी माविका कपिलदेव ओझा पाचौँ, लिटिल बुद्धकी अपेक्षा चन्द छैटौँ भएकी हुन । उनीहरुलाई क्रमस १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार सहित पुरस्कार प्रदान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.