निर्वाचनका लागि बैंक खाता खोल्न निर्वाचन कार्यालय दार्चुलाको राजनीतिक दलहरुलाई आग्रह

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि बैंङ खाता खोल्न आग्रह गरेको छ ।

बुधबार निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गदैँ राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन अभियानसम्बन्धी आम्दानी र खर्चलाई व्यवस्थित तथा पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था अनुसार जिल्लास्थित राजनीतिक दल/दलका उम्मेदवारहरुलाई बैंङ खाता खोल्न आग्रह गरेको हो ।

उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैंक खातामार्फत गर्न र निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदिप सिह धामीले जानकारी दिए । “चुनावी खर्चलाई पारदर्शी बनाउन निर्वाचन प्रयोजनकै लागि छुट्टै खाता खोल्न भनेका हौँ । उनले भने ।

निर्वाचन कार्यालयले नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त भएका बैंक तथा वित्तीय संस्थामा राजनीतिक दल र उम्मेदवारले अलग–अलग निर्वाचन अभियान बैंक खाता खोली सोही खातामार्फत रकम प्राप्त र खर्च गर्नुपर्ने व्यवस्था लागू गर्न समेत भनेको छ । जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ११ राजनीतिक दलका ११ जना उम्मेदवारहरु चुनावी मैदान आएका छन् ।

यस्तो छ निर्वाचन कार्यालयद्धारा जारी सूचना

Leave A Reply

Your email address will not be published.