दार्चुलामा प्रहरी हवल्दार हत्या प्रकरण : थप एक जना नौगाडबाट पक्राउ 

दार्चुला । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका आरोपित थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मंगलबार साँझ नौगाडबाट पक्राउ गरिएको हो  ।

घट्नालगत्तै फरार रहेका डडाल भाग्ने क्रममा पक्राउ गरिएको उनले बताए । आरोपितमध्ये तीन जना अझै फरार रहेका छन्। घटनामा फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको छ । प्रहरीले यसअघि यो घटनामा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेका पूजा वियरबारका सञ्चालक आशिक पाल, लक्ष्मी बडू र मनिस पाल भने अझै फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.