एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाको दुहुँमा घरदैलो

दार्चुला । निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दार्चुलामा घरदैलो अभियानलाई तीव्र बनाएको छ। अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वमा गाउँ–बस्तीमा मतदाता भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ ।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले एमाले प्रति उत्साहजनक समर्थन जनाएका छन्। विकास, सुशासन र स्थायित्वका मुद्दालाई प्राथमिकतामा राख्दै उम्मेदवार ठगुन्नाले जनताको घर–आँगनमै पुगेर आफ्ना प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्। स्थानीयहरूले विगतमा भएका विकासका कामको निरन्तरताका लागि एमाले आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

उम्मेदवार ठगुन्नाले दार्चुलाको समग्र विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जनामा आफू प्रतिबद्ध रहेको बताए । ‘जनताको भरोसा नै हाम्रो शक्तिहो, दार्चुलालाई विकासको नयाँउचाइमा पुर्‍याउने लक्ष्य सहित चुनावी मैदानमा छौं,’उनले घरदैलो भेटघाटका क्रममा भने। घरदैलो अभियानमा युवादेखि ज्येष्ठ नागरिक सम्मको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीय तहमा एमालेप्रति बढ्दो जनसमर्थन देखिँदा जिल्लामा पार्टीको चुनावी माहोल थप गर्दै लगेको छ ।

चुनावी अभियान अन्तर्गत मंगलबारदेखि दुहु गाउँपालिकामा दोस्रो चरणको भेटघाट अभियान थालेका छन् । प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले दुहुँ गाउँपालिकाको खेती, बोहरीगाउँ, फारा पोक्सेमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिए । यस्तै बुधबार वडा नम्बर २ को हिकिलातथा वडा नम्बर १ को कोट खाला पिपलचौरीमा भेटघाट कार्यक्रम तय गरिएको छ ।

सोमबार मात्रै ठगुन्ना नेतृत्वको टोलीले मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ र २ काविभिन्न टोलहरूमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको थियो । जसमा वडा नम्बर १ मा १५ जना र वडा नम्बर २ बाट ५२ जनाले एमाले प्रवेश गरेका थिए । ठगुन्ना सँगै एमाले नेता रामदत्त जोशी, मोहनसिंह धामीले नवप्रवेशीहरुलाई फुल माला लगाएर स्वागत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.