दार्चुला । नेकपा (एमाले) को चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ।
१६ ओटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ ओटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको पत्रकार सम्मेलन मार्फत एमाले सुदूरपश्चिमले जनाएको छ। १६ निर्वाचन क्षेत्रमध्ये १४ ओटामा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट भने निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको थियो।
