काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरमा सुरु हुँदै छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा समानुपातिक सांसदको नामावली तयार पार्न बैठक बस्न लागेको हो ।
बैठकमा सहभागी हुन सभापति गगन थापासहितका नेताहरू पुगिसकेका छन् ।
