कञ्चनपुर कारागारमा कुटिए कैदीबन्दी

कञ्चनपुर । कञ्चनपुर कारागारमा एक कैदीबन्दीमाथि आक्रमण भएको छ । बेदकोट नगरपालिका घर भएका कैदीबन्दी गणेश विष्टमाथि आक्रमण भएको हो ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीका अनुसार विष्ट र अर्का कैदीबन्दी भुवन ऐरबीच झगडा हुँदा विष्ट घाइते भएका छन् । ऐरले विष्टमाथि दाउराको चिरपटले प्रहार गरेको बताइएको छ ।

घाइते भएका विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुवै कैदीबन्दी लागुऔषध मुद्धामा कारागार चलान भएका हुन् ।
यता, घाइते कैदीबन्दी विष्टले भने कारागारभित्रै लागुऔषधको कारोबार भइरहेको आरोप लगाएका छन् । उनले केही कैदीबन्दीले लागुऔषध सेवन गरेकोबारे नाइकेलाई जानकारी दिँदा आफूमाथि आक्रमण भएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.