दार्चुलामा शिक्षकलाई विदा वा काजमा नबस्न समन्वय इकाईको निर्देशन

दार्चुला । शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय दार्चुलाले विद्यालयका शिक्षकहरूलाई अनावश्यक रूपमा विदा वा काजमा नबस्न निर्देशन जारी गरेको छ।

कार्यालयले बुुधबार आज एक सूचना जारी गदैँ माध्यमिक शिक्षा परीक्षा एसइइका उत्तरपुस्तिकाहरु परीक्षा अवधिभित्रै परीक्षण गरीसक्नपर्ने भएकाले अनावश्यक रूपमा विदा वा काजमा नबस्न कडा निर्देशन जारी गरेको हो ।

शक्षा विकास तथा समन्वय इकाईको कार्यालय दार्चुलाका इकाई प्रमुख प्रताप सिह धामीद्धारा जारी गरेको सूचना अनुसार माध्यमिक विद्यालयहरुमा कक्षा १०मा अध्यापन गराइरहेका विषयगत शिक्षकहरुलाई आजकै मितिदेखि उत्तरपुस्तिका परीक्षणकार्य सम्पन्न नहुदासम्म विदा वा काजमा नबस्न निर्देशन दिएको छ ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा भोली विहीबारबाट सुरू हुदैछन् । यसका लागि कार्यालयको तर्फबाट आवश्यक सम्पुर्ण तयारीपूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा जम्मा ३ हजार ५६८ जना विद्यार्थी परीक्षामा भाग लिने भएका छन् ।

Leave A Reply

Your email address will not be published.