दार्चुला । प्रतिनिधिसभाअन्तर्गत २६ सदस्यीय सार्वजनिक लेखा समिति गठन गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले समिति गठनको प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव सभाबाट स्वीकृत गरिएको हो । यो समितिमा रहने सदस्यहरूका नाम प्रतिनिधिसभाबाट मनोनयन गरिएको हो । सार्वजनिक लेखा समितिमा दार्चुलाबाट निर्वार्चित प्रतिनिधि सभा सदस्य गणेश सिह ठगसन्ना सदस्यमा मनोनयन भएका छन् ।
प्रतिनिधिसभाको विषयगतका रूपमा यो समिति छ । सार्वजनिक लेखा समितिमा अमृता विक, आरेन राई, इन्दिरा रानामगर, ऐनबहादुर महर, कृपा महर्जन, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खुश्बु ओली, गणेश धिमाल सदस्य छन् ।
यस्तै, गणेश पराजुली, गोविन्द पन्थी, जनकराज गिरी, प्रेमलाल चौधरी, वर्षमान पुन, बुद्धरत्न महर्जन, भरतबहादुर खड्का, महेन्द्रबहादुर शाहीलाई समिति सदस्यमा मनोनयन गरिएको छ ।
मोहन आचार्य, यज्ञबहादुर बोगटी, योगेश गौचन थकाली, रमेशकुमार सापकोटा, रुकेश रन्जित, विक्रम थापा, विपिनकुमार आचार्य र सिताराम साह पनि यो समितिका सदस्य हुन् ।
विषयगत समितिका सभापतिको निर्वाचन आउँदो वैशाख ४ गते हुने गरी मिति निर्धारण गरिएको छ ।