बिसु पर्वको अवसरमा नौगाडमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

दार्चुला । नयाँ वर्ष २०८३ तथा बिसु पर्वको अवसर पारेर दार्चुलाको नौगाड गाउँपालिकामा खुला वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

नौगाड वडा नम्बर ६, धुलिगडास्थित नौगाडेश्वरी गाउँ खेलकुद विकास समितिले स्थानीयस्तरमा खेलकुद र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।

समितिका सचिव प्रकाश टमटाका अनुसार प्रतियोगितामा महिला तथा पुरुष भलिबलसँगै अन्य खेलकुद गतिविधि र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। पुरुष भलिबलतर्फ विजेताले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। महिला भलिबलतर्फ प्रथम हुने टोलीलाई १५ हजार ५ सय र द्वितीय हुनेलाई ८ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘बेस्ट प्लेयर’, ‘बेस्ट स्पाइकर’ र ‘बेस्ट डिफेन्डर’ लगायतका विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

खेलकुदसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले लोकनृत्य, सांस्कृतिक झाँकी, रस्सा तान्ने तथा मेच दौड जस्ता रोचक प्रतियोगिताहरू पनि आयोजना गरिनेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले वैशाख १ गतेदेखि ३ गते बिहान १० बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ३ गते दिउँसो २ बजे हुने तय गरिएको छ। सहभागी खेलाडीहरूले अनिवार्य रूपमा आफ्नो सक्कल नागरिकता साथमा ल्याउनुपर्ने प्रावधान राखिएको आयोजकले जानकारी दिएको छ।

स्थानीयस्तरमा खेलकुद र सांस्कृतिक गतिविधि एकसाथ आयोजना हुन लागेकाले यस कार्यक्रमले नौगाड क्षेत्रमा नयाँ वर्षको उत्साहलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।
खेलकुदसँगै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न लोक नृत्य, सांस्कृतिक झाँकी, रस्सा तान्ने र मेच दौड जस्ता रोचक प्रतियोगिताहरू पनि सञ्चालन हुनेछन्।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टिमले वैशाख १ गतेदेखि ३ गते बिहान १० बजेसम्म दर्ता गरिसक्नुपर्नेछ भने खेलको औपचारिक उद्घाटन वैशाख ३ गते दिउँसो २ बजे गरिनेछ। प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले अनिवार्य रूपमा आफ्नो सक्कल नागरिकता साथमा ल्याउनुपर्ने प्रावधान राखिएको छ।

Leave A Reply

Your email address will not be published.