बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका ८ सानिगाड खोला नजिक आइतबार बिहान ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए ।
दुर्घटनामा परि सिगास ८ का अन्दाजि २५ वर्षिय लोकेन्द्र बोहराको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । सिगासको लुपुण देखि बझाङको देउलेख जादै गरेको सु प ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर अनियन्त्रीत भइ दुर्घटना परेको निरीक्षक सिहले बताए ।
ट्याक्टर सडकबाट करिब २०० देखि ३०० मिटर तल खसेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।
ट्याक्टर चालक फरार रहेका छन् । उनको परिचय खुलेको छैन । ट्याक्टरमा चालकसहित दुई जना मात्रै सवार रहेका थिए ।