जिल्ला अस्पताल दार्चुलाले फिजियोथेरापी सेवा सुचारु गर्ने तयारी

दार्चुला । जिल्ला अस्पताल दार्चुलाले फिजियोथेरापी सेवा सुचारु गर्ने तयारी गरेको छ। अस्पतालले सेवा करार अन्तर्गत जनशक्ति आपूर्तिका लागि आह्वान गरेको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गर्दै फिजियोथेरापी सहायक पदमा नियुक्ति प्रक्रिया टुंग्याएपछि अस्पतालमा फिजियोथेरापी सेवा सुचारु गर्ने तयारी गरेको हो ।

प्रकाशित नतिजा अनुसार फिजियोथेरापी सहायक (पाँचौं तह) पदमा हेम बहादुर चौधरी सफल भएका छन् भने शिव पराजुली वैकल्पिक सूचीमा परेका छन्। अस्पताल स्रोतका अनुसार आवश्यक जनशक्ति व्यवस्थापन भएसँगै अब चाँडै फिजियोथेरापी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

हालसम्म उक्त सेवा उपलब्ध नभएकाले बिरामीहरूलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहेको थियो। सेवा सुरु भएपछि स्थानीयस्तरमै हाडजोर्नी तथा स्नायु सम्बन्धी उपचार पाउन सहज हुने विश्वास गरिएको छ।

यसै सूचनामार्फत डेन्टल सर्जन (आठौं तह) पदको नतिजा पनि सार्वजनिक गरिएको छ, जसमा डा. पुष्पलता कशवाँह सफल र डा. गेहराज डुंगेल वैकल्पिकमा परेका छन् ।
अस्पताल प्रशासनले दुवै पदका सफल उम्मेदवारलाई चाँडै जिम्मेवारी सम्हाल्न आग्रह गर्दै स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.