अपिहिमालमा नयाँ प्रमुख प्रशासकीय अधिकृत विष्टलाई स्वागत

दार्चुला । अपिहिमाल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । गाउँपालिकामा आजदेखि हाजिर हुनुभएका प्रमुख प्रसासकिय अधिकृत लोकेन्द्र बहादुर विष्टलाई स्वागत गरिएको हो ।

प्रमुख प्रसासकिय अधिकृत विष्टलाई अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिह ठेकरे बोहराले स्वागत गरेका छन् । शुक्रबार आजबाट विष्टले अपिहिमाल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्बेवारी समाल्नु भएको छ ।

विष्ट गृहमन्त्रालयबाट सरुवा भएर दार्चुलाको अपिहिमाल गाउँपालिकाको प्रशासकीय अधिकृतको जिम्बेवारीमा आउनु भएको हो । विष्टको आगमन संगै यस गाउँपालिकामा रोकिएका प्रसासनिक कार्यले गति लिने पनि बताइएको छ ।

स्वागत ग्रहण गर्दै नवआगन्तुक प्रमुख प्रसाकिय अधिकृत विष्टले आफुले जनमुखी सेवा गर्ने र निष्पक्ष रुपमा जनताको काम गर्ने र जनप्रतिनिधीहरुसंग सहकार्य मार्फत हरेक काममा आवश्यक सहयोग र समन्वय गर्ने बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अपिहिमाल सहित जिल्लाको मालिकार्जुन र व्याँस गाउँपालिमा समेत नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

Leave A Reply

Your email address will not be published.