कांग्रेसले सिटाैलालाई दलको नेताबाट हटायो, कमला पन्त मनोनीत

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई त्यो जिम्मेवारी दिएका हुन् ।

आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् । सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए । पन्त विशेष महाधिवेशनको पक्षमा थिइन् ।

Leave A Reply

Your email address will not be published.