दार्चुला उद्योग वाणिज्य संघलाई महासंघको ६०औँ वार्षिक साधारणसभामा सम्मान

दार्चुला । नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाको अवसरमा दार्चुला उद्योग वाणिज्य संघ, दार्चुलालाई विशेष सम्मान प्रदान गरिएको छ।

उक्त कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत कार्यकारिणी समिति द्वारा दार्चुला उद्योग वाणिज्य संघलाई सम्मान गरिएको हो।

सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै दार्चुला उद्योग वाणिज्य संघले महासंघका अध्यक्ष ढकाल तथा सम्पूर्ण कार्यकारिणी समितिलाई हार्दिक आभार तथा विशेष धन्यवाद प्रकट गरेको छ।

संघले यस्तो सम्मानले संस्थाको मनोबल वृद्धि गर्नुका साथै आगामी दिनमा निजी क्षेत्रको विकास र प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन आज उद्घाटन हुँदैछ ।

Leave A Reply

Your email address will not be published.