धनसिह धामी
कञ्चनपुर, २१बैशाख
कञ्चनपुरको एक बहुउदेश्यीय सहकारी संस्थाले स्थापनाको हालसम्म २३करोड शेयर पुँजी संकलन गरेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले २३करोड, ५६ हजार १सय रुपैया संकलन गरेको हो । २२करोढ, ८२लाख, ६१ हजार, ५९५रुपैया संस्थागत पुजि संकलन गरेको छ ।
२८ बर्ष अघि स्थापना भएको सहकारीले हालसम्म २६ हजार, ८४६ शेयर सदस्यहरुबाट उक्त रकम संकलन गरेको जनाएको छ ।
उदयदेव बहुउदेश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले २५शेयर सदस्यबाट शुरुवात गरिएको सहकारी अहिले २५ हजार भन्दा बढी सदस्य रहेको बताए । उनका अुनसार २०हजार, ३५२महिला, ६हजार, ४९४पुरुष शेयर सदस्य रहेका छन ।
प्रमुख कार्यकारी अधिकृत(सिईओ) चन्दका अनुसार ७ हजार ९९५जनाले १अर्ब, ७०करोड, ९५लाख, ६५ हजार, ३६९ऋण लगेका छन । हालसम्म २अर्ब, १६करोड, ३४लाख, ९५हजार, ४४१रुपैया बचत गरेको छ ।
२१करोड, ७३लाख, २२हजार ९१२को जगेडा कोष स्थापना गरेको सहकारीले ११करोड, ४४लाख, ५२ हजार, ७६८जोखिमयुक्त कर्जा प्रवाह गरेको छ ।
२करोड, १५लाख, २३ हजार, १७५रुपैया नेपाल सरकारलाई विभिन्न कर बुझाएको छ ।
सहकारीले अनुत्पादन क्षेत्रमा १२ र उत्पादन जस्तै कृषि व्यवसायिक तर्फ क्षेत्र सिगल डिजिज ९.७५प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
शेयउर सदस्यलाई १५ प्रतिशत लाभान्स वितरण गर्दै आएको सहकारीले डिजिटल, ट्याब, मोवाईबल, एसएमएस बैकिङ्ग, कष्टमहायर सेन्टर संचालन, राईमिल संचलनदेखि ७२जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । सहकारीले समाजिक क्षेत्रमा समेत कामकाज गर्दै आएको छ । तीन पटक आन्तरिक राजस्व कार्यालयबाट पुरस्कृत भएको सहकारीले दोहोरो सदस्यता समस्या, भाका नाघेका कर्जा अशुलीमा समस्या, नियमाक निकायबाट फरक फरक निर्देशन, कर्जा नतिर्नु भन्ने अराजक आन्दोलन, कर्मचारीमा दक्षता अभाव, सदस्मै सहकारीप्रतिको बुझाई अभावले चुनौती थपिएको छ । चार जिल्ला र १ं० पालिकाबाट सहकारी सेवा प्रदान गर्दै आएको उक्त सहकारीले सोमबार एक कार्यक्तमका विच सहकारीका सदस्यदेखि जनप्रतिनिधीसग सहकारीका समस्या बारे छलफल समेत गरेको छ । सहकारीका पुर्व अध्यक्ष पूर्ण बहादुर चन्दले सरकारले सहकारी सम्बन्धी ल्याएको अध्यायदेशले राम्रो काम गर्ने सहकारीलाई पुरस्कार र नराम्रो गर्नेहरुलाई दण्डित गर्नुपर्नेमा जोडदिए । साथै मलखाद सहज आपूर्तिका लागि सरकारले वातावरण बनाईदिनुपर्नेमा जोडदिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य जनक सिह धामीलाई १६ बुँदे ज्ञापन पत्र बुझाउँदै सहकारीका अध्यक्ष नारा जोशीले सबै सहकारीलाई एकै घानमा नराख्न आग्रह गरेकी छिन । अध्यक्ष नारा जोशीले सरकारले देशभरका सहकारी नियमन अनुगमन गर्नुपर्ने बताउँदै ग्रामिण भेगमा काम गर्ने सहकारी र ठुला शहर बजारमा रहेका सहकारीलाई एकै डालोमा राख्न नहुने तर्फ गरेकी छिन । उक्त १६ बुँदे ज्ञापन पत्रमा सहकारी क्षेत्र सुधारका लागि सरकारीको खराब कर्जा अशुली, गैर बैकिङ्ग सम्पत्ती व्यवस्थापनका लागि सम्पत्ती व्यवस्थापन कम्पनी गठन गर्नुपर्ने, दोहोरो सदस्यता हटाउनुपर्ने, क्षेत्र विस्तार, उत्पादन, उपभोग र श्रमिक सहकारीको सहकार्य, समन्वय गर्नुपर्ने, सहकारी एकीकरण, बिना धितो अधिकत तिन महिना जमानत ऋण लगानीमा सीमा लघुवित्त सरह कायम गर्नुपर्नेदेखि बचत तथा कर्जा सरक्षण कोष लगायत संचालनमा माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै प्रतिनिधी सभा सदस्य जनक सिह धामीले सहकारी क्षेत्रमा देखिएका समस्या हटाउँदै राम्रो सहकारीलाई सहयोग र ठगमाथि कानुनी डण्डा बजाईने बताए । सहकारीले सासद जनक सिह धामीलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान पनि गरेको छ ।