शेख दाजुभाइको उत्कृष्ट प्रदर्शनमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.५ ओभरमा पूरै विकेट गुमाएर २५६ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले ९४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, अर्जुन कुमालले ४८ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रन प्रहार गरे । आरिफ खेले ४३ रन प्रहार गरे ।

Leave A Reply

Your email address will not be published.