दार्चुलाका यी क्षेत्रमा आज विद्युत सेवा अबरुद्ध हुने

दार्चुला । नेपाल विद्युत् प्राधिकरण, दार्चुला वितरण केन्द्रले आज (बुधबार) विद्युत् लाइन मर्मत तथा पोल थप गर्ने कार्यका लागि केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार शैल्यशिखर नगरपालिका–९ क्षेत्रमा ३३ केभी लाइनमा पोल थप गर्ने कामका कारण दिउसो २ बजेदेखि बेलुकी ४:०० बजेसम्म थालिगाड सबस्टेशन अन्तर्गतका क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द रहनेछ।

यसबाट महाकाली नगरपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका तथा लेकम गाउँपालिकाका उपभोक्ताहरू प्रभावित हुने जनाइएको छ।

निर्धारित समयअघि वा पछि काम सम्पन्न भएअनुसार विद्युत् सेवा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। साथै, मौसम अनुकूल भएमा मात्र मर्मत कार्य अघि बढाइने बताइएको छ।

प्राधिकरणले विद्युत् अवरुद्धका कारण पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.