काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले सामुदायिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ ।
इकाइ प्रमुख प्रतापसिंह धामीद्वारा जारी पत्रमा नेपाल सरकारले जारी गरेको “केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३” तथा शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १२ को उपदफा १ को खण्ड (ग) बमोजिम विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।
बिहीबार आज जारी गरिएको उक्त सूचनामा स्थानीय तहअन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा कानुनी व्यवस्था अनुसार आवश्यक व्यवस्थापन समिति गठन गर्न अनुरोध गरिएको जनाएको छ । सूचनाको बोधार्थ जिल्ला समन्वय समिति दार्चुला, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर तथा जिल्लाका सामुदायिक विद्यालयहरूलाई समेत दिइएको छ ।
