अपिहिमाल गाउँपालिकाको एसईई नतिजा सार्वजनिक, समग्र उत्तीर्ण प्रतिशत १९.४४

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। गाउँपालिकाभित्रका चार विद्यालयबाट नियमित तथा ग्रेडवृद्धि तर्फ गरी जम्मा २११ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

तीमध्ये ४१ जना विद्यार्थी ग्रेड (उत्तीर्ण) हुन सफल भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत १९.४४ रहेको छ। सार्वजनिक नतिजाअनुसार भवानी माध्यमिक विद्यालय सौगन्नाले सबैभन्दा राम्रो नतिजा हासिल गरेको छ। उक्त विद्यालयबाट ४० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १६ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ४० रहेको छ।

त्यसैगरी महादेव माध्यमिक विद्यालय घुसाबाट ४८ जना सहभागीमध्ये ९ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत १८.७५ रहेको छ।
खण्डेश्वरी माध्यमिक विद्यालय क्षत्ति(साधारण) नियमिततर्फ ३६ जना सहभागीमध्ये ५ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ६६ जना सहभागीमध्ये ६ जना उत्तीर्ण भएका छन्।

विद्यालयको समग्र उत्तीर्ण प्रतिशत १३.८९ रहेको छ। यस्तै छिपुलकेदार माध्यमिक विद्यालय धंकंबाट २३ जना विद्यार्थी सहभागी भएकामध्ये ५ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत २१.७४ रहेको छ।

गाउँपालिकाका शिक्षा अधिकृतले विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि थप प्रयास आवश्यक रहेको बताएका छन्। साथै आगामी वर्षमा नतिजा सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य बढाइने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.