कञ्चनपुर ३१ बैशाख ।
सरकारले सुकुमबासी बस्ती खाली गराउन थालेपछि कञ्चनपुरका सुकुमबासी पनि आन्दोलित भएका छन । सरकारले काठमाण्डौँ लगायत देशभर सुकुमबासी बस्ती खाली गराउने तयारी थालेपछि कञ्चनपुरका सुकुमबासी आन्दोलित भएका हुन ।
सरकारले अतिक्रमित जमिन खाली गराउन थालेपछि कञ्चनपुरका सुकुमबासीले आन्दोलन थालेका छन । बिहीबार बिहानै जिल्ला सदरमुकाम महेन्द्रनगरमा ‘डोजर आतङ्क बन्द गरियोस, उचित बसोबास व्यवस्थापन गरियोस’ भन्दै बिरोध प्रर्दशन गरेका हुन ।
सुकुमबासी अगुवा आनन्द सिह धामीले सरकारले देशभरका वास्तविक सुकुमबासीको उचित बसोबासको साटो सरकारी जमिन खाली गराउने नाममा विच्चली बनाउन थालेपछि त्यसको बिरोध स्वरुप जिल्लामा पनि आन्दोलन गरेको
बताए । धामीले संविधानमा नेपाली नागरिकको उचित गासबास, बसोबासको प्रबन्ध गर्ने प्रावधान भएपनि सरकारले अमानविय रुपमा उठिबासी गराएर कञ्चनपुरदेखि काठमाण्डौँका सुकुमबासी मानसिक तनावले आत्महत्या गर्न बाध्य भएको बताए । उनका अनुसार सुकुमबासी बस्तीदेखि शुरु भएको बिरोध प्रर्दशन, महेन्द्रनगर बजार, बसपार्क राजमार्ग भएर भाँसीमा पुगेर कोण सभा गरिएको
छ ।
सुुकुमबासीले पहिले उचित न्यायिक बसोबास त्यसपछि मात्रै बस्ती खाली गर्नुपर्ने माग अघि सारेका छन । कोण सभामा सुकुमबासीका अर्का अगुवा एव मजदुर नेता महेश पन्तले कुनैपनि नेपाली नागरिकको उचित बसोबासको प्रवन्ध बिनै हजुवा, सनक, दुई तिहाई दम्भका भरमा डोजर चलाउने काम बन्द गर्नुपर्नेमा जोडदिएका छन । राज्यले आफ्ना देशका निमुखा,भूमिहिन सुकुमबासीको उचित बसोबासको साटो, जोखिम मोलेर शान्त बसेर मजदुरी गरेर खाने वर्गमाथि अन्याय गरेको भन्दै रोक्न माग अघि सारेका छन । कञ्चनपुर जिल्लाभरीका सुकुमबासीले सरकारलाई चेतावनी दिदै चुनाव अघि उचित बसोबास चुनाव जितेर गएपछि उठिबास गर्ने काम बन्द नगरे देशभर आन्दोलन छेड्ने चेतावनी दिएका छन । कञ्चनपुरमा भुमिहिन दलित २ हजार ७७२, भूमिहिन सुकुमबासी ४ हजार ६८ र अव्यवस्थित बसोबासी ६७हजार, ७६४ परिवारले भूमि आयोगमा फारम परेका छन ।