वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा प्रवेश

कञ्चनपुर। 

वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध हुनुभएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहनुभएका बज्राचार्य महत्वपूर्ण जिम्मेवारीसहित पार्टीमा प्रवेश गर्नुभएको हो।

पार्टीमा आबद्ध हुनुभएका बज्राचार्यलाई उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गर्नुभयो।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा विकासका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका बज्राचार्यको पार्टी प्रवेशलाई उज्यालो नेपालले आफ्नो नीतिगत तथा वैचारिक क्षमता विस्तारका रूपमा लिएको छ।

प्राज्ञिक क्षेत्रको अनुभव र विज्ञतालाई राजनीतिक तथा नीतिगत नेतृत्वसँग जोड्ने उद्देश्यले उहाँलाई पार्टीमा भित्र्याइएको जनाइएको छ। उहाँको सहभागिताले मुलुकको आर्थिक विकास, संस्थागत सुशासन र समृद्धिसम्बन्धी नीति निर्माणमा योगदान पुग्ने पार्टीको अपेक्षा छ।

यद्यपि, बज्राचार्यलाई दिइएको जिम्मेवारीको पद तथा कार्यक्षेत्रबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

Leave A Reply

Your email address will not be published.