दार्चुला। अष्ट्रेलियामा रहेका नेपाली युवाहरूको सक्रियतामा दार्चुलाका टुहुरा तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक एवं छात्रावास व्यवस्थापनका सामग्री सहयोग गरिएको छ । अष्ट्रेलियामा रहेका दार्चुलेली युवाहरू दीपक कार्की र वीरेन्द्र घर्तीको विशेष पहलमा सो सहयोग जुटाइएको हो ।
‘गणतन्त्र दिवसको पूर्व सन्ध्या’ पारेर आयोजित एक विशेष कार्यक्रमका विच दार्चुला खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालयको छात्रावासमा बस्दै आएका टुहुरा तथा विपन्न विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय परिवार तथा सरोकारवालाहरूले सुदूरपश्चिमको दुर्गम क्षेत्रका अभिभावकविहीन बालबालिकाहरूको सहयोगका लागि सात समुद्र पारिबाट देखाएको यो अग्रसरता सराहनीय रहेको बताए ।
ूविपन्न र टुहुरा बालबालिकाको शिक्षा र गाँस(बासको व्यवस्थापनमा यो सहयोगले ठूलो राहत पुर्याएको छ । यस्ता सामाजिक कार्यले अभिभावकविहीन बालबालिकाहरूको भविष्य निर्माण र आत्मबल बढाउन महत्वपूर्ण योगदान पुग्नेछ,ू विद्यालयका प्रतिनिधिले बताए ।
यस अभियानले विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र त्यहाँका असहाय बालबालिकाहरूप्रति उत्तरदायी बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।