मालिकार्जुनमा रास्वपाको गाउँपालिका भेला सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलाको मालिकार्जुन गाउँपालिकामा गाउँपालिका भेला सम्पन्न गर्दै ११ सदस्यीय पालिका समिति सर्वसम्मत रूपमा गठन गरेको छ।
जिल्ला सभापति राजेश सिंह सामन्तका अनुसार दान सिंह खत्रीको सभापतित्वमा नयाँ पालिका समिति चयन गरिएको हो। भेलाबाट गठित समितिमा दिनेश राम दमाई उपसभापति, सुरेश सिंह धामी सचिव, गणेश सिंह धामी सहसचिव तथा चन्द्र देव पन्त कोषाध्यक्ष चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा पशुपति धामी, मञ्जु लोहार, लीला मिश्र, दीपा दर्जी, भीमराज मिश्र र खेमराज अवस्थी चयन भएका छन्।
नवगठित पालिका समिति तथा सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै जिल्ला सभापति सामन्तले पार्टी संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउँदै समाज र जनताप्रति समर्पित भएर उत्कृष्ट कार्य गर्न शुभकामना व्यक्त गर्नुभयो।
उहाँले एकता, अनुशासन र सक्रियतासहित अघि बढ्दै जनताको भरोसा जित्न पार्टी सफल हुने विश्वास व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.