विकास निर्माणका योजना विषयमा बेदकोट ८द्वारा नागरिकसंग प्रत्यक्ष सम्वाद  

धनसिह धामी 

कञ्चनपुर, १३जेठ 

कञ्चनपुरको एक वडा कार्यालयले वडामा संचालित विकास निर्माणका विषयमा नागरिकसंग छलफल गर्न लागेको छ । बेदकोट नगरपालिका ८ नम्बर वडा कार्यालयले गरेका विकास निर्माणका कामकाजका विषयमा वडाबासी नागरिकसंग छलफल गरिरहेको छ ।

‘राम्रो वडा हाम्रो वडा, शिक्षिक सम्बृद्ध र साँस्कृतिक वडा निर्माण, सम्मान, समिक्षा र सकल्पको साझा अभियान’ भन्ने मुल नाराका साथ वडा कार्यालयले नागरिकसंग समिक्षा गर्न लागेको हो ।

बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले विगत चार बर्षयता वडा कार्यालयबाट सम्पादित भएका भौतिक एव मानविय विकास बारे आम वडाबासीसंग प्रत्यक्ष सम्वाद गरेर अघि बढिरहेको बताए । वडाध्यक्ष जोशीले ६ टोलका अगुवाहरुसंग विकास निर्माणका विषयमा टोल टोल, गाँउबस्तीमा गएर छलफल गरिरहेको बताए ।

वडाध्यक्ष जोशीले वडा कार्यालयदेखि वडा कार्यालय मार्फत पालिका, प्रदेश र सघीय सरकारले सहयोग गरेको बजेट अनुरुप गाँउबस्तीमा संचालित भौतिक विकासदेखिका मानविय विकास निर्माण कार्यको प्रत्यक्ष सम्वाद गरेर सुझाव सल्लाह लिईरहेको बताए । उनले टोल समिति मार्फत नागरिकका सुझाव सल्लाह अनुरुप हरेक चार बर्षमा योजना ल्याएर कार्यान्वयन गरेको बताए ।

‘हामीले वडामा नागरिकलाई लालपुर्जा वितरण, सडक स्तरोन्नती,ढल निकास, सामुदायिक भवन निर्माण, पर्यटन क्षेत्रकाका भौतिक पूर्वाधार निर्माण, विद्यालय भवन, कृषिका कार्यक्रम टोल टोलमै गएर स्वास्थ्य सेवा प्रदानदेखिका मानविय विकास क्षमता अभिबृद्धिका कार्यक्रम संचालन गरेका छौँ, ‘उनले भने, ‘नागरिक सुरक्षाका लागि प्रहरीचौकी निर्माणदेखि अब पनि फेरी नागरिकसंगै रहेर आउँदो आर्थिक बर्षका लागि योजना कार्यान्वयन गर्नेछौँ ।’

वडाध्यक्ष जोशीले नागरिक स्तरबाट वडाबाट संचालित योजनामा सन्तुष्ट भएपनि माथिल्ला सरकारबाट धार्मिक ऐतिहासिक एव भौगोलिक रुपमा प्रख्यात पर्यटकीय वडाको बृद्धि विकासका लागि बृहद योजना ल्याउनुपर्नेमा जोडदिए । राजमागदेखि चुरेसम्मै सीमा जोडिएको बेदकोट ८को दीगो विकास निर्माणका लागि थप बजेट आवश्यक भएकाले मागे अनुरुप माथिल्ला सरकारबाट दिनुपर्नेमा वडाध्यक्ष जोशीको सुझाव छ । यसैविच वडा कार्यालयले समाजिक सचेतना फैलाउने उदेश्यका साथ नागरिकसंगै साँस्कृतिक कार्यक्रम गर्न लागेको छ ।शुक्रबार र शनिबार दुई बेदकोट ८गैलनदी बैजनाथ माविको प्राङगणमा दुव्र्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम गरिने तयारी अघि बढाएको छ । वडाध्यक्ष जोशीका अनुसार उक्त कार्यक्रममा वडाका ६वटै टोलका समितिले सचेतनामुलक झाँकी प्रस्तुत गर्नेछन । लोक संस्कृति सरक्षणका लागि समेत स्थानीय, राष्ट्रिय कलाकारबाट सचेतनामुलक साँस्कृतिक कार्यक्रम प्रंस्तुत हुनेछ । बरिष्ठ उद्घोषकमा नविन सिह धामी, लोक तथा देउडा कालाकार लाल बहादुर धामी(अछामी बड्डो), देउडा तर्फ लक्ष्मण अधिकारी, गणेश सिह, शेरे आउजी, कल्पना लेखक माेडल नृत्यमा रहेका छन भने टिम महेन्द्रनगर नविना चाैधरी लगायत टिमकाे पनि सहभागिता रहने छ । कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.