मन्त्रालयमा जेष्ठ नागरिक समावेसको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन 

कञ्चनपुर, १८ जेष्ठ ।

कञ्चनपुरका जेष्ठ नागरिकले मन्त्रालयमा जेष्ठ नागरिकको शब्द हटाएको आपत्ती प्रकट गरेका छन । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले जेष्ठ नागरिकको शब्द हटाएको आपत्ती प्रकट गरेको हो ।

राष्ट्रिय जेष्ठ नागरिक समाज कञ्चनपुरका अगुवा दिर्घ बहादुर शाहले मुलुकमा संघीय गणतन्त्रात्मक शासन व्यवस्था आएपछि ०७४ देखि जेष्ठ नागरिकको सम्मानार्थ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहेको र अहिले समायोजन गरेर हटाएको भन्दै आपत्ति जनाएर सरकारको ध्यानाकर्षण गराएको बताए ।

जेष्ठ नागरिक अगुवा शाहका अनुसार साविककै स्थानमा नाम राख्नुपर्ने माग अघि सारेर प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएको बताए । राष्ट्रिय जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष पुरुषोत्तम अर्थाल र सचिव महादेव भट्टद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा जेष्ठ नागरिकलाई अन्याय हुने भएकाले सो कायम गराउनुपर्ने माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले माग हुबहु प्रधानमन्त्री कार्यालयमा बुझाउने बताए ।

Leave A Reply

Your email address will not be published.