वेल घेराउ गर्दै विपक्षी दलको नारा– लिपुलेक हाम्रै हो

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलका सांसदहरूले अवरोध गरेका छन् । सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाउने बितिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए ।

विपक्षी दलका प्रतिनिधिलाई बोल्न समय दिएपछि पनि उनीहरूले अन्य कार्यसूचीमा प्रवेश गर्न दिएनन् ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र यस विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान विपक्षी दलको थियो । वेल घेराउ गर्ने क्रममा उनीहरूले ‘लिपुलेक हाम्रै हो’ भन्दै नारा लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.