रास्वपा दार्चुलाले टुङ्ग्यायो सबै वडा र पालिकामा भेला तथा अधिवेशन, प्रतिनिधि समेत छनौट

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुला जिल्ला समितिले जिल्लाका सबै स्थानीय तह र वडाहरूमा सांगठनिक विस्तारको कार्य सम्पन्न गरेको छ ।

जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै दार्चुला जिल्लाका सम्पूर्ण ६१ वटै वडाहरू र सबै ९ वटै पालिकाहरूमा भेला तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको हो ।

उक्त अधिवेशनहरू मार्फत वडा समिति, पालिका समिति र विभिन्न विभागहरू गठन गरिनुका साथै अधिवेशन प्रतिनिधि छनौटको कार्य समेत सम्पन्न भएको जिल्ला समिति सभापति राजेश सिह सामन्तले जानकारी दिए ।

सबै तहमा नेतृत्व चयन र सांगठनिक संरचना निर्माण भएसँगै रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तले पार्टीको सदस्यता विस्तार तथा संगठन निर्माणमा सहभागी र सहयोग गर्ने सम्पूर्ण जिल्ला, पालिका र वडा समितिका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ:“भेला तथा अधिवेशनबाट विभिन्न जिम्मेवारी पाउनु भएका वडा, पालिका, संगठन विभाग, अभियान तथा प्रचार प्रसार विभाग, र्याट समन्वय विभाग, सल्लाहकार परिषद् र अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरू लगायत जिल्ला, प्रदेश र महाधिवेशनका प्रतिनिधिहरू सबैलाई सेवामुखी तथा जनमुखी सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गरिन्छ ।

जिल्ला समितिले नवनिर्वाचित तथा चयन भएका सम्पूर्ण नेतृत्व र प्रतिनिधिहरूबाट आगामी दिनमा पार्टीको सांगठनिक विस्तार, राजनीतिक दृष्टिकोण र नीति, कार्यक्रम तथा विचारलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन थप क्रियाशील र जिम्मेवार भूमिकाको अपेक्षा गरेको छ।

Leave A Reply

Your email address will not be published.