कञ्चनपुर, जेष्ठ २३ ।
श्रम संस्कृति पाटीले कञ्चनपुरको उत्तरी चुरेफेदमा रहेको एक प्राचिन सिद्धनाथ बैजनाथ मन्दिरमा सरसफाई गरेको छ । शनिबार भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा रहेको सद्धनाथ बैजनाथ मन्दिरमा सरसफाई गरेको हो । श्रम संस्कृति पाटीले कञ्चनपुरका अध्यक्ष गंगादत्त जोशीले जिल्ला पाटीले हरेक शनिबार सार्वजनिक क्षेत्रमा सरसफाई गर्ने कार्यक्तम अन्र्तरगत सिद्धनाथ बैजनाथ मन्दिरमा सरसफाई गरेको बताए । उनले श्रम, संस्कृतिलाई अघि सार्दै जिल्लाभरी कार्यक्रम निरन्तर बढाउने बताए ।